सोमबार, २२ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सूचना आयोगबाट ९९.६२ प्रतिशत पुनरावेदन फर्छ्योट

बिहीबार, ०५ साउन २०७९, १४ : ०३
बिहीबार, ०५ साउन २०७९

आर्थिक वर्ष २०७८–७९ मा ९९.६२ प्रतिशत पुनरावेदन फर्छ्योट भएको राष्ट्रिय सूचना आयोगले जानकारी दिएको छ । नेपालको संविधानको धारा २७ मा भएको सूचनाको हकसम्बन्धी व्यवस्थाको कार्यान्वयनका लागि स्थापित आयोगमा गत आर्थिक वर्षमा  १ हजार ८१ वटा पुनरावेदन परेकोमा १ हजार ७७ वटा पुनरावेदन फर्छ्योट गरिएको आयोगको भनाइ छ । पुनरावेदन मध्ये महिलाका तर्फबाट ८ सय ३९ वटा र पुरुषका तर्फबाट २ सय ४२ वटा रहेका छन् । 

यस अवधिमा ४ वटा सार्वजनिक निकायले सूचना उपलब्ध गराउन आदेश गर्दासमेत सूचना उपलब्ध नगराएकोले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ बमोजिम कारबाही गरिएको आयोगको भनाई छ । कारबाही गरिएका मध्ये पद्मकन्या बहुमुखी क्याम्पसका कार्यालय प्रमुख डा.धनप्रसाद पण्डितलाई १५ हजार, पशुपति क्षेत्र विकास कोषका कार्यालय प्रमुख डा.घनश्याम खतिवडालाई १५ हजार, धरान उपमहानगरपालिकाका कार्यालय प्रमुख लक्ष्मीप्रसाद पौडेललाई १० हजार र राजपुर नगरपालिकाका कार्यालय प्रमुख बैजु ठाकुरलाई १० हजार रहेको छ । २०७६ कार्तिकसम्म जम्मा २१ जनालाई कारबाही भएकोमा पछिल्लो २ वर्षको अवधिमा ११ जनालाई कारबाही भई हालसम्म ३२ जनामाथि आयोगबाट कारबाही भएको अवस्था छ ।

 आयोगका लागि कूल बजेट रु.५ करोड २ लाख २५ हजार विनियोजन भएकोमा खर्च रु ४ करोड ४५ लाख ५० हजार १७१ भएको छ । आयोगमा बेरुजु शून्य रहने गरेको विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप