बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

उदयपुरमा अस्पतालका शय्या ज्वरोका बिरामीले भरिए

बिहीबार, ०५ साउन २०७९, १३ : ३५
बिहीबार, ०५ साउन २०७९

जिल्ला अस्पतालमा दैनिक ज्वरोका बिरामी वृद्धि हुँदै गएको छ । अहिले अस्पतालका अधिकांश शय्या ज्वरोका बिरामीले भरिएका छन् ।  अन्य बिरामीलाई उपचार गर्नसमेत समस्या हुन थालेको अस्पतालका प्रमुख डा मुकेश झाले जानकारी दिए ।

अहिले दैनिक १५ देखि २० जनासम्म भाइरल ज्वरोका बिरामी उपचारको लागि अस्पतालमा आउने गरेको उनले बताए । अस्पतालका प्रशासकीय अधिकृत बिर्खबहादुर खत्रीले भने– “५० शय्याको अस्पतालका अधिकांश शय्या भाइरलका बिरामीले भरिएका छन् ।  अहिले अन्य उपचारको लागि आउने बिरामीलाई  शय्यामा राखेर उपचार गन समस्या हुन थालेको छ । ”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप