अभिनेता पुष्पले वृक्षारोपण गरेर मनाए जन्मदिन
आज अभिनेता पुष्प खड्काको ३१ औं जन्मदिन । काठमाडौंस्थित शंखमुलमा उनले बिहानै वृक्षारोपण गरेर जन्मदिन मनाएका छन् । वृक्षारोपणपछि पुष्प ओम साइराम मन्दिर पुगेका थिए । जहाँ विपन्न र घरबारविहीन मानिसहरूलाई उनले सामूहिक भोजनको व्यवस्था गरे ।
उद्योग र कलकारखानाबाट हुने कार्बन उत्सर्जनका कारण हरेक वर्ष पृथ्वीको सतह तातो हुँदै गएको र जलवायु परिवर्तन भइरहेको अवस्थामा वृक्षारोपणको महत्व अझै बढेर गएको उनले बताए । वृक्षारोपण गरेर प्रकृति संरक्षणमा लाग्न उनले सबैलाई आग्रह समेत गरेका छन् । अभिनयसँगै समाजसेवामा पनि पुष्पको रूचि छ । उनी समस्यामा परेका मानिसहरूलाई सहयोग गर्न पछि पर्दैनन् । दर्पणछाँया–२, मंगलम्, मारुनीलगायतका सिनेमाहरूमा अभिनय गरिसकेका पुष्प झन्डै २ हजार म्युजिक भिडियोमा देखिएका छन् । मंगलम फिल्मबाट उनले २०७४ सालमा उत्कृष्ट अभिनेतातर्फ राष्ट्रिय अवार्ड जितेका थिए ।
कैलालीको लम्किचुहा नगरपालिकामा साधारण परिवारमा जन्मिएका पुष्पले जन्मदिनमा आमा–बाबुलाई मिस गरिरहेको बताए ।
‘जन्म दिने मम्मी र बाबुलाई बर्थ डे केक खुवाउने सौभाग्य अझै मिलेको छैन, यसपाला पनि म यहाँ र मम्मी–बुबा गाउँमा हुनुहुन्छ ,’ उनले भने,‘ सानो छँदा हाम्रो गाउँघरमा केक काट्ने कल्चर थिएन । साथीभाई सर्कलमा कसैले पनि केक काटेको देखेको थिइनँ। कलेज पढ्दा बल्ल साथीहरुले केक काटेको देखेँ । कलेज सकिएपछि म संघर्षका लागि काठमाडौं आएँ, त्यहीकारण रहर हुँदा हुँदै पनि आमा–बुबासँग केक काटेर जन्मदिन मनाउन पाइएको छैन । तर, उहाँहरुको साथ, हौसला र आर्शिवाद सधैं पाएकाले धन्य महसुस गरेको छु ।’
पुष्पले आजै ‘कृष्ण लीला’ फिल्म युनिटसँगै बसेर बर्थ डे केक काट्दैछन् । संयोगवस्, आजै ‘कृष्ण लीला’ का निर्देशक दीपक ओलीको पनि जन्मदिन परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन आयोगले भन्यो– चुनाव हुने स्थानमा शंकास्पद व्यक्तिलाई प्रवेश नदिनु
-
एम्बुलेन्समा लागुपदार्थ कारोबार
-
सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउनुपर्नेछ : मन्त्री पौडेल
-
मह चोरीको घटनामा अदालतले सुनायो चार वर्षको जेल सजाय
-
अमेरिका र चीनबिच कैदी साटासाट
-
ट्रम्पसँग डिनरमा गए जुकरबर्ग, चार वर्षअघि ट्रम्पमाथि लगाएका थिए प्रतिबन्ध