बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्याज र लसुनको बोक्रा पनि धेरै काम लाग्नसक्छ, फाल्नुको सट्टा यसरी प्रयोग गर्नुहोस्

बिहीबार, ०५ साउन २०७९, १३ : ११
बिहीबार, ०५ साउन २०७९

धेरै फलफूल र तरकारीहरूमा बोक्रा हुन्छन् । हामी प्रायः यी बोक्रा निकालेर फ्याँक्छौँ । तर यस्ता केही तरकारीहरु पनि छन् जसको बोक्रा स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसमा प्याज र लसुन पनि पर्छन् । हो, प्याज र लसुन मात्र होइन, यसका बोक्राले पनि धेरै समस्याको उपचार गर्न मद्दत गर्छ । प्याज र लसुनको बोक्राको प्रयोग विभिन्न तरिकाले गर्न सकिन्छ । प्याज र लसुनको बोक्राको फाइदाबारे थप जानकारी लिऔँ ।

प्याज र लसुनमा प्रशस्त मात्रामा पोषक तत्व पाइन्छन् । प्याज र लसुन खाँदा स्वास्थ्यका लागि थुप्रै फाइदा मिल्छ । प्याज र लसुनको बोक्रा शरीर दुख्दा वा चिलाउँदा प्रयोग गर्न सकिन्छ ।

मांसपेशीको दुखाइ कम

धेरैजसो मानिसले मांसपेशी दुख्दा पेन किलरको सेवन गर्छन् । तर यदि तपाईंले चाहनुभयो भने मांसपेशीको दुखाइ कम गर्न प्याज र लसुनको बोक्रा पनि प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि तपाईं एउटा प्यानमा पानी लिनुहोस् । यसमा प्याज र लसुनको बोक्रा हालेर राम्ररी उमाल्नुहोस् । अब यो पानी छानेर पिउनुहोस् । प्याजको बोक्राले मांसपेशीको दुखाइ र क्र्याम्प कम गर्न मद्दत गर्दछ ।

चिलाउने समस्या हटाउन

शरीर वा छाला चिलाइरहने समस्या छ भने प्याज र लसुनको बोक्रा पनि प्रयोग गर्न सकिन्छ । विशेष गरी यी बोक्राले खुट्टा चिलाउने समस्याबाट राहत दिन्छ । यसका लागि प्याज र लसुनको बोक्रालाई पानीमा राम्ररी उमाल्नुहोस् । अब यो पानीमा आफ्नो खुट्टा राख्नुहोस् र केहि समयसम्म राख्नुहोस् । यसो गर्दा चिलाउने समस्याबाट धेरै हदसम्म आराम दिन्छ ।

अनिद्रा कम गर्न फाइदाजनक

आजकल मानिसहरुमा निद्रा नलाग्ने समस्या सामान्य बन्दै गएको छ । तनाव, चिन्ता र डिप्रेसनका कारण राति निन्द्रा नलाग्ने समस्या देखिन थालेको छ । यस्तो अवस्थामा पनि तपाईंलाई प्याज र लसुनको बोक्राले फाइदा पुर्याउन सक्छ । यसका लागि प्याजको बोक्रा र चियापत्तिलाई पानीमा हाल्नुहोस् । अब यसलाई उमाल्नुहोस् र छानेर पिउनुहोस् । तपाईंले यो चियालाई नियमित रुपमा सेवन गर्न सक्नुहुन्छ ।  यसले तपाईंको तनाव कम हुन्छ र निन्द्रा पनि मिठो पर्छ ।

कपालको लागि लाभदायक

प्याज र लसुनको बोक्रा पनि कपालको लागि उपयोगी साबित हुनसक्छ । वास्तवमा प्याजमा सल्फर हुन्छ, जुन कपालका लागि फाइदाजनक हुन्छ । यसका लागि प्याजको बोक्रालाई पानीमा उमालेर छान्नुहोस् । अब यो पानीलाई स्याम्पु लगाएर पखालिसकेको कपालमा हाल्नुहोस् । यसले तपाईंको कपाललाई पोषण दिनेछ र कपाल बलियो हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप