प्रचण्ड र बाबुरामबीच आज पनि भेटघाटको तयारी
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईबीच आज पनि भेट्ने तयारी गरेका छन् । गत बुधबार भेटेका प्रचण्ड बाबुराम पुनः आज पनि भेट्ने तयारी रहेको प्रचण्डको सचिवालयले जनाएको छ । उनीहरु बीचको समय स्थान भने तय भइनसकेको बताइएको छ ।
प्रचण्ड बाबुराम एउटै पार्टीमा हुनेगरी सघन छलफल चलिरहेको माओवादी केन्द्रका एक नेताले बताए । प्रचण्ड बाबुराममा सैद्धान्तिक वैचारिक विषयलाई मिलाउनुपर्ने भएकाले सघन रुपमा छलफल चलिरहेको ती नेताले बताए । बाबुराम पार्टीको नाम कम्युनिस्टै नराखेर जाने पक्षमा छन् भने प्रचण्ड नाममा कतै न कतै कम्युनिस्ट राखेर जानुपर्ने पक्षमा छन् ।
प्रचण्ड र बाबुरामबीच एक ठाउँमा हुने सैद्धान्तिक समझदारी भएमा तत्कालीन नेकपा बहुमत सचिवालय समेत एक ठाउँमा हुनेगरी छलफल चलिरहेको छ । जसमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा बाबुराम पक्ष, नेकपा राष्ट्रिय एकता अभियान छन् । ती चार पार्टीले आगामी प्रदेश र संघको चुनावसम्म पार्टी एकता नभएपनि एकता संयोजन समिति बनाएर जाने विषयमा छलफल जारी राखेका छन् ।
उनीहरुले आगामी चुनावमा पनि एउटै घोषणापत्र ल्याउने गरी छलफल जारी राखेका छन् । तत्कालीन नेकपा बहुमत सचिवालय सदस्यहरूबीच अहिलेसम्म दुई पटक भेटघाट भैसकेको छ । यद्यपि, उनीहरुबीचको सहमतिले मूर्तरूप लिइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि रिट दर्तादेखि चार्ल्स शोभराजको मुद्दालाई नजिर मानेर दीपक मनाङेबारे फैसलासम्म
-
तीन लाखभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
-
बुबाआमाले कोठामा थुनेर राखेका बालकसहित चार बेसाहारा बालबालिकाको उद्धार
-
काम सकिएपछि अनिवार्य बत्ती अफ गर्न काठमाडौँ जिल्ला अदालतको आग्रह
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान