शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

राजधानीको गोदाममा प्रहरीको छापा, १ करोड मूल्य बराबरको अवैध सामान बरामद

बिहीबार, ०५ साउन २०७९, १२ : २७
बिहीबार, ०५ साउन २०७९

काठमाडौंको चावहिलमा रहेको एक गोदाममा प्रहरीले छापा मारेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोदाममा छापा मारेको हो ।  अवैध कारोबार हुने गरेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले गोदाममा छापा मार्दा विभिन्न ब्रान्डका विदेशी चुरोट, गुट्खा, हुक्का फ्लेबर, अक्सिमिटर र पटका लगायत १ करोड मूल्य बराबरको अवैध सामान बरामद भएको कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिए । उनले सामान भन्सार छलेर ल्याइएको पाइएको भन्दै गोदामका मालिक पर्साको  प्रसौनी गाउँपालिका १ घर भएर कपन बस्ने ४० वर्षीय छविलाल अगस्तीलाई पक्राउ गरिएको बताए । 

बरामद सामान पटका पनि भएकाले विस्फोटक पदार्थ ऐनसम्बन्धी कसुरमा उनीविरुद्ध मुद्दा चलाइने कोइरालाले बताए । यस्तै बरामद सामान्य राजश्व अनुसन्धान विभागमा पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप