शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘ए मेरो हजुर–४’ अमेरिकामा पनि प्रदर्शन हुने

बिहीबार, ०५ साउन २०७९, १२ : १८
बिहीबार, ०५ साउन २०७९

अनमोल केसी अभिनित फिल्म ‘ए मेरो हजुर–४’ शुक्रवारदेखि अमेरिकाको टेक्सासमा प्रदर्शन हुने भएको छ । झरना थापाको निर्देशन रहेको फिल्म टेक्सासको यूलेसस्थित सिनेपोलिस लक्जरी सिनेमाजमा प्रदर्शन हुने डालस वितरक सुरेश दर्पण पोखरेलले जानकारी दिए ।

सुनिलकुमार थापाद्वारा निर्मित फिल्म अमेरिकाका हलमा नियमित शो पाउनुलाई नेपाली फिल्म क्षेत्रकै लागि उत्साहजनक हो ।  फिल्ममा अनमोलको अलवा सुहाना थापा, सलोन बस्नेत, सरोज खनाल, रियर राई, रवि गिरी लगायतले यो फिल्ममा अभिनय  छ ।

 फिल्मको कथा निर्देशक झरना आफैले लेखेकी हुन् । पटकथा र संवादमा भने निर्देशक थापालाई स्व.निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप