भलिबल संघको पूर्ण बैठक सुरु
बिहीबार, ०५ साउन २०७९, १२ : १३
नेपाल भलिबल संघ (एनभीए) को आठौं पूर्ण बैठक सुरु भएको छ । भक्तपुरको दरबार स्क्वायरको ख्वापा चेन रेस्टुरेन्टमा बैठक सुरु भएको हो । संघको केन्द्रिय चुनावको मिति तय गर्नका लागि बसिएको बैठकमा संघका पदाधिकारी, जिल्ला तथा प्रदेशका संघका अध्यक्षको उपस्थिति रहेको छ ।
वर्तमान कार्यकाल सकिएको दुई वर्ष बितिसक्दा पनि संघको निर्वाचन हुन सकेको थिएन । आजको बैठकले निर्वाचन गर्ने मिति तय गर्ने, बाग्मती प्रदेशको निर्वाचनमा देखिएको विवादको समाधान, राष्ट्रिय महिला तथा पुरुष एनभिए च्याम्पियनसिपमा भएको विवादको बारेमा पनि छलफल गरेर निष्कर्ष निकालिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीयताको लाभ सबैभन्दा धेरै दुर्गम क्षेत्रहरूले लिएका छन् : वर्षमान पुन
-
राष्ट्रिय प्रजातान्त्रिक युवा संघगठनको महाधिवेशन चैतमा
-
सांसदहरूको निचोड : अस्तव्यस्त देखियो, धेरै ठाउँका छोटी भन्सार बन्द गर्नुपर्छ
-
नेविसंघ शेखर समूहद्वारा स्ववियु तयारी विद्यार्थी भेला सम्पन्न
-
आवासीय चिकित्सकहरूको आन्दोलनमा विभिन्न संस्थाको ऐक्यबद्धता
-
सुर्तीजन्य पदार्थको शत प्रतिशत भागमा चेतावनीमूलक सन्देश छाप्नुपर्ने निर्देशिका स्वीकृत