अभिनेत्री मिरुनाले बेलायतको ब्रनेल विश्वविद्यालयबाट जितिन् ‘गोल्ड अवार्ड’
बिहीबार, ०५ साउन २०७९, ११ : ५८
‘कबड्डी ४’ अभिनेत्री मिरुना मगरले ‘गोल्ड अवार्ड’ जितेकी छन् । उनले लण्डनको ब्रनेल विश्वविद्यालयबाट मास्टर डिग्री पूरा गर्दै गोल्ड अवार्ड हात पारेकी हुन् । जसको खुसी उनले इन्स्टाग्राममार्फत शेयर गरेकी छन् । बालबालिका, युवा र अन्तर्राष्ट्रिय विकास विषयमा उनले अध्ययन गरेकी हुन् ।
अनेक अवरोधका बाबजूद पनि मास्टर डिग्री उत्तीर्ण गर्न पाउँदा उनले खुसी महशुस गरेकी छन् । उनले भनेकी छन् ‘कैयौं अनिन्द्रा रातहरु, लकडाउनको शून्यता र मन भाँचिएका कयौं क्षणको नतिजाको रुपमा अन्ततः उपलब्धि हासिल भएको छ । परिवार र साथीहरूको समर्थन र साथको लागि धन्यवाद ।’
करिब आधा दर्जन फिल्म अभिनय गरेकी मिरुनाको हिट फिल्म ‘कबड्डी-४’ हो । यो प्रदर्शन समयमा उनी ‘ब्याड टच’ प्रकरणले विवादमा तानिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा