बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

एन्फाका विदेश विभाग प्रमुखलाई हटाउन माग गर्दै निवेदन

बिहीबार, ०५ साउन २०७९, १८ : २३
बिहीबार, ०५ साउन २०७९

अखिल नेपाल फुटबल संघ(एन्फा) का विदेश विभाग प्रमुख नविन पाण्डेलाई हटाउन माग गर्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का लगायतले निवेदन दर्ता गरेका छन् । एन्फाले विधान विपरित श्रम स्वीकृत नलिएको विदेशी नागरिकलाई नियुक्त गरेको उनीहरुको आरोप छ । पाण्डे जर्मन नागरिक हुन् ।

‘एन्फाको ०७९ जेठ ८ गते अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा बसेको (नियम पुरा नगरी बोलाइएको बैठक)  पहिलो बैठकको निर्णय नम्बर १ मा अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा जर्मन नागरिक नविन पाण्डेलाई नियुक्त गरिएको छ । यो निर्णय  त्रुटिपूर्ण र विधान विपरीत छ,’ पत्रमा भनिएको छ ।

एन्फाको विधानको धारा २४ को ३ (क) मा नेपाली नागरिक भएमा एन्फा वा प्रदेश फुटबल संघ वा जिल्ला फुटबल संघमा निर्वाचित वा मनोनीत हुन नसक्ने उल्लेख भएको पत्रमा जानकारी गराइएको छ । पत्रमा भनिएको छ, तसर्थ एन्फाले गरेको पहिलो निर्णय नै त्रुटिपूर्ण ढंगले सदस्यहरूलाई झुक्याई बैठकमा पाण्डेको नाम पेश गरी पास गराइएकाले सो निर्णयलाई सच्याई पाउँ । साथै निज पाण्डेलाई एन्फाको सम्पूर्ण कागजात हेर्न,पत्राचार गर्न इमेल पासवर्ड प्रदान गरिएको छ । सो कुराले एन्फाको गोपनीयता राष्ट्रिय अस्तित्व र सार्वभौमिकता माथि समेत आँच आउने देखिएकोले त्यस्ता विषयहरूमा गम्भीर हुन आग्रह गर्दै उक्त विदेशी नागरिक नविन पाण्डेलाई विधानको धारा ३८(६) बमोजिम वर्खास्तीको माग गर्दछौ ।’​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप