मैले ल्याएको अवधारणा पालना नगर्नाले अवस्था विकराल बन्यो : प्रकाशमान सिंह
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको फोहोर मैला व्यवस्थापनको लागि आफूले विगतमा ल्याएको अवधारणा पालना नगरिएकाले अहिले अवस्था विकराल बनेको जिकिर गरेका छन् । आफूले फोहोर व्यवस्थापनको लागि ‘जिरो वेस्ट कन्सेप्ट’ ल्याए पनि प्रकाशमानको भोट बढ्छ भनेर त्यसलाई कार्यान्वयन नगरिएको उनको गुनासो छ ।
आज बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘संसद विकास कोष हुँदाखेरि मैले जिरो वेस्ट कन्सेप्टलाई कम्युनिटीमा लगौँ भनेर सब प्रोग्राम बनाए । पैसा पनि छुट्याएँ, एक्स्पर्टहरु लगाएँ, डिजाइन पनि गरें । पछि कुरा उठेछ, यस्तो राम्रो काम गर्यो भने त प्रकाशमानलाई भोट बढ्छ भनेर त्यो कार्यक्रम नै भएन ।’ यसबाट आफूले मात्र राम्रो काम गर्छु भन्दैमा जनताले त्यसमा समर्थन नगरेमा नहुँदो रहेछ भन्ने अनुभव हासिल गरेको समेत बताए ।
अर्को एक प्रसंगमा उनले राजनीतिक वा विकास निर्माणको काम मात्र नभई घरायसी समस्याबारे पनि आफूलाई जानकारी दिए ती समस्या समाधान गरिदिने आश्वासन समेत दिए । समस्याबारे जानकारी भए वडा, प्रदेश र प्रतिनिधि सभाका सबै तहका जनप्रतिनिधिहरु मिलेर समाधान गर्न तत्पर रहेको बताउँदै उनले भने, ‘तपाईंहरुको समस्या हामीलाई भन्नुपर्यो । हामीसँगै बसेर प्रबलमलाई सल्भ गर्छौं ।’
काठमाडौंमा रहेको बेला बिजुलीबजारस्थित सम्पर्क कार्यालयमा शुक्रबार र सोमबार आफू पुग्ने गरेको भन्दै उनले कुनै समस्या आए आफूलाई जानकारी दिन आग्रह गरे । उनले भने, ‘खाली पोलिटिकल, पूर्वाधार विकास, ढलको समस्या मात्र होइन, तपाईंहरुको घरमा, छोरीको पढाइ लेखाइमा, स्कलरसिपको बारेमा भन्नुपर्यो । भनेपछि न हामीलाई थाहा हुन्छ । घरैपिच्छे के प्रबलम छ भन्ने कुरा त हामीलाई थाहा हुँदैन नि त । तर तपाईंहरुले जनप्रतिनिधिहरूलाई विश्वास गरेर भन्नुपर्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुर मेयर महिला टी–२० क्रिकेट : एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबिच उपाधि भिडन्त
-
कोशी प्रदेश : कुन मन्त्रालयमा को मन्त्री ?
-
गण्डकीमा मदिरा विधेयक : रक्सी बनाउन र खान १८ वर्ष पुग्नुपर्ने
-
मोरङबाट खैरो हेरोइनसहित युवक पक्राउ
-
विद्यालय शिक्षा सुधारको माग गर्दै प्रदर्शन, तस्बिरहरु
-
त्रिशूली थ्री बी हब २२० केभी सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसन उद्घाटन