पूर्वराष्ट्रपति राजापाक्षेलाई शरण होइन, १४ दिने भ्रमण पास दिइएको हो– सिंगापुर
बिहीबार, ०५ साउन २०७९, १० : ४३
![पूर्वराष्ट्रपति राजापाक्षेलाई शरण होइन, १४ दिने भ्रमण पास दिइएको हो– सिंगापुर](https://rpcdn.ratopati.com/media/albums/gotabaya1_tQa0Nc0pFx.jpg)
सिंगापुरले श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेलाई १४ दिने भ्रमण पास प्रदान गरेको जनाएको छ ।
जुलाई १४ मा ‘निजी भ्रमण’मा देश प्रवेश गरेपछि छोटो अवधिको भ्रमण पास प्रदान गरेको सिंगापुरका अध्यागमन अधिकारीहरूले जनाएका छन् । ७३ वर्षीय राजापाक्षे १३ जुलाईमा श्रीलंकाबाट माल्दिभ्स र त्यसपछि सिंगापुर भागेका थिए । आर्थिक संकट निम्त्याएको आरोप लगाउँदै सरकारविरुद्ध जनआन्दोलन चर्किएपछि उनले राजीनामा दिएका थिए ।
राजापाक्षको सिंगापुर भ्रमणको बारेमा जारी गरिएको विज्ञप्तिमा उनलाई आगमनमा छोटो अवधिको भ्रमण पास प्रदान गरिएको जनाइएको छ ।
उनी १४ सिंगापुरमा पुगेपछि राजापाक्षेलाई १४ दिने भिजिट पास प्रदान गरेको दी स्ट्रेस टाइम्स पत्रिकाले जनाएको छ । राजापाक्षेले शरण नमागेको र उनलाई शरण नदिइएको विदेश मन्त्रालयका प्रवक्ताले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपराजित रहँदै फाइनलमा पुगेका दक्षिण अफ्रिका र भारतबिच उपाधि भिडन्त
-
रोहतो मेन्थोलेटम नेपालले मनायो पाँचौँ वार्षिकोत्सव
-
पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा
-
हाम्रो अर्थतन्त्रमा धानको योगदान : उत्पादन बढाउन के गर्ने ?
-
कृषिलाई प्राथमिता दिन मुख्यमन्त्री कार्कीको आग्रह
-
वृद्ध दम्पती घरसहित पहिरोमा पुरिए