आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

अध्यक्ष नेम्वाङ बैठक छाडेर हिँडेपछि एन्फा कार्यसमिति बैठक स्थगित

बिहीबार, ०५ साउन २०७९, १० : ३१
बिहीबार, ०५ साउन २०७९

अध्यक्ष पंकजबिक्रम नेम्वाङ बैठकको बीचमा नै उठेर हिँडेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । बैठक बिहीबार बिहान सातदोबाटोस्थित एन्फा मुख्यालयमा बसेको थियो । ‘अध्यक्षज्यू बीचमा नै उठेर हिँड्नु भएपछि आजको बैठक स्थगित भएको छ,’ कार्यसमितिका एक सदस्यले रातोपाटीलाई भने ।

बैठकमा विविध सहित १२ बुँदामा एजेन्डा राखिएको थियो । जसमा विवादित नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी नियुक्ति, नेपालमा हुने महिला साफ च्याम्पियनसिप मुख्य एजेन्डा रहेको थियो । 

पछिल्लो समय पदाधिकारी नियुक्तिमा भने निकै पेचिलो बनेको छ । कर्मा छिरिङ शेर्पालाई पराजित गर्दै एन्फा हाँक्न आएका नेम्वाङ निकै दबाबमा रहेका छन् । तीन समूहलाई समेट्दै गर्ने नियुक्ति नै कठिन रहेको छ । सिइओ, प्रवक्ता, तीन सह महासचिव, मानार्थ अध्यक्ष सहित विभिन्न पदमा उनले नियुक्ति गर्नुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप