भारतीय राजदूतावासद्वारा मुगाली बौद्धमार्गी सेवा संघलाई एम्बुलेन्स सहयोग

person explore access_timeसाउन ५, २०७९ chat_bubble_outline0

भारतीय राजदूतावासले मुगाली बौद्धमार्गी सेवा संघ जुम्लालाई एउटा एम्बुलेन्स सहयोग गरेको छ। संघको ७५ औँ वर्षगाँठका अवसरमा एम्बुलेन्स प्रदान गरिएको हो। 


नेपाल -भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत उपहार स्वरूप एक थान एम्बुलेन्स हस्तान्तरण गरिएको छ। मुगाली बौद्धमार्गी सेवा सघं जुम्लाका सल्लाहकार कार्मा बुढाका अनुसार अहिले पनि दुर्गम गाउँमा एम्बुलेन्स नपाएर समयमै स्वास्थ्य संस्था आउन नपाएका बिरामी छन् । एम्बुलेन्स प्राप्त भएपछि सबैले अव छिटो र सहज उपचार पाउने विश्वास उनले व्यक्त गरे । 



संघका अध्यक्ष नोर्बु तामाङले एम्बुलेन्सको  सही सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । दुर्गम गाउँका जनताले सहजै उपचार सेवा पाउन भन्ने उद्देश्यले एम्बुलेन्स सहयोग गरेको भारतीय राजदूतावासले जनाएको छ। 



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।