यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
बिहीबार, ०५ साउन २०७९, ०९ : ०१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।
बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५४ रुपैयाँ ५० पैसा रहेको छ । त्यसैगरी अदुवा प्रतिकेजी ५५ रहेको छ । अनार ३९० रुपैयाँ, आँप मालदह प्रतिकेजी १९३ रुपैयाँ ३३ पैसा र केरा दर्जनको १७० रुपैयाँ तोकिएको छ ।
स्थानीय काउली ११० रुपैयाँ, कागती १७५ रुपैयाँ, कुरिलो ३०० रुपैयाँ र लोकल सानो गोलभेँडा ४६ रुपैयाँ २० पैसा प्रति केजी तोकिएको छ ।