आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

संसदीय समितिलाई बयान दिन पूर्वअर्थमन्त्री शर्मा सिंहदरबारमा

बिहीबार, ०५ साउन २०७९, ०८ : ४५
बिहीबार, ०५ साउन २०७९

संसदीय विशेष छानबिन समितिको बैठक सुरु भएको छ । बैठकमा पूर्वअर्थमन्त्री जनार्दन शर्मा पनि सहभागी भएका छन् ।  समितिका ११ जना नै सदस्यहरु नै बैठकमा उपस्थित भएका छन् । आजको बैठकमा पूर्वमन्त्री शर्मासँग बयान लिइनेछ। 

यसअघि बुधबार अर्थमन्त्रालयमा बाह्य व्यक्तिको प्रवेशका बारेमा समाचार लेख्ने दुई पत्रकारसँग छलफल  समितिले छलफल गरेको थियो ।  तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ । उक्त आरोपबारे छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो । 

आज समिति गठन गरिएको १० दिन पूरा भएको छ । समितिले छानबिनका लागि समय अपुग भएको भन्दै सात दिन म्याद थप गर्नका लागि सभामुखसँग आग्रह गर्ने तयारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप