बाढीले मेलम्ची–हेलम्बु सडक अवरुद्ध
बिहीबार, ०५ साउन २०७९, ०८ : २०
गए रातिको वर्षासँगै आएको बाढीले मेलम्ची–हेलम्बु सडकखण्डको ठाउँ–ठाउँमा बाटो बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ ।
बाढीले हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक क्षतविक्षत बनेको स्थानीय बलसित खड्काले जानकारी दिए । यस्तै हेलम्बुको ढुङ्गेबजार र मेलम्चीको सीमखेतमा पनि सडक अवरुद्ध भएको मेलम्चीका श्याममणि चालिसेले बताए । गए राती भारी वर्षा हुँदा हेलम्बुका ग्याल्थुमलगायत क्षेत्रका बासिन्दा घर बाहिर बस्न बाध्य भएका थिए ।
गए राति सिन्धुपाल्चोकको मेलम्ची खोलास्थित नाकोते र आसपासमा भारी वर्षा भएको थियो । जलसतह बढेपछि मेलम्चीको तटीय क्षेत्रमा बाढी तथा भिरालो जमिन भएको ठाउँमा पहिरो जानसक्ने भएकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोलाले बगाएका चौधरीको शव भेटियो
-
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण मुद्दा ‘हेर्न नमिल्ने’
-
काभ्रेको मंगलटार क्षेत्रबाट सेनाको हेलिकप्टरमार्फत ३ सय जनाको उद्धार
-
दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै माइतीघरमा विरोध प्रदर्शन
-
विपदको कहरः ललितपुरको बिजुली नियमित गर्न टोली परिचालन
-
अमेरिकामा ममता काफ्ले बेपत्ता प्रकरण : के गर्दैछ प्रहरी ?