बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मेस्सी र मुइंगाको गोलमा पीएसजी विजयी

बिहीबार, ०५ साउन २०७९, ०७ : ३०
बिहीबार, ०५ साउन २०७९

प्रि–सिजन टुर अन्तर्गत जापान भ्रमणमा रहेको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले मैत्रीपूर्ण खेलमा जित निकालेको छ । बुधबार भएको खेलमा पिएसजीले जापानी क्लब कावासाकी फ्रन्टटालेमाथि २–१ को जित निकाल्यो ।

उसको जितमा अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी र अर्नोउ कालीमुइन्डो मुइंगाले समान एक गोल गरे । घरेलु टोलीका काजुया यामामुराले एक गोल फर्काए ।

प्रि–सिजनमा पिएसजीको यो लगातार दोस्रो जित हो । यसअघि पिएसजीले फ्रान्सेली क्लब क्वीभिलीमाथि २–० को जित निकालेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप