सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

एन्फा कार्यसमिति बैठक बस्दै, १२ एजेण्डा तय

बिहीबार, ०५ साउन २०७९, ०६ : ४८
बिहीबार, ०५ साउन २०७९

पंकजबिक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा निर्वाचित भएपछि दोस्रो पटक आज  कार्यसमिति बैठक बस्दैछ । 

सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने बैठक बिहान ७ बजेलाई डाकिएको छ  । गत सोमबार बैठक बोलाइए पनि अन्तिम समयमा अध्यक्ष नेम्बाङ अस्वस्थ भएपछि स्थगित भएको थियो ।

बैठकमा विविध सहित १२ बुँदामा एजेन्डा राखिएको छ । जसमा विवादित नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी नियुक्ति, नेपालमा हुने महिला साफ च्याम्पियनसिप मुख्य एजेन्डा रहेको छ ।

पछिल्लो समय पदाधिकारी नियुक्तिमा भने निकै पेचिलो बनेको छ । कर्मा छिरिङ शेर्पालाई पराजित गर्दै एन्फा हाँक्न आएका पंकज आज निकै दवावमा पर्न सक्छन् । तीन समूहलाई समेट्दै गर्ने नियुक्ति नै कठिन रहेको छ । सिइओ, प्रवक्ता, तीन सह महासचिब, मानार्थ अध्यक्ष सहित विभिन्न पदमा आज नियुक्ति हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप