मृत्यु भएका व्यक्तिलाई समेत सामाजिक सुरक्षा भत्ता

झापाको गौरीगञ्ज गाउँपालिकाले मृत्यु भएका व्यक्तिलाई समेत सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ। योसँगै गाउँपालिकाले एउटै नागरिकता नम्बर र एउटै जन्ममिति भएका लाभग्राहीलाई दुई वा सोभन्दा बढी परिचयपत्र जारी गरी दुईवटै परिचयपत्रबाट सामाजिक सुरक्षा भत्ताबापतको रकम प्रदान गरेको पाइएको हो।
सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि-२ ०७५ ले लाभग्राहीको नाम, दर्ता, नवीकरण, लगतकट्टा तोकिएको मितिभित्रै गर्नुपर्ने व्यवस्था गरेको छ। सोही कार्यविधिले सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नियमित रूपमा अनुगमन गर्नुपर्ने, केन्द्रीकृत सूचना प्रणालीमा प्रविष्ट गरी अद्यावधिक गर्ने जिम्मेवारी सामाजिक सुरक्षाको अख्तियारी पाउने सम्बन्धित निकायको हुने व्यवस्था गरेको छ। तर, गौरीगञ्ज गाउँपालिकाले मृत्यु भएका २० जनाभन्दा बढीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको विवरण तयार गरेको छ। मृत्यु भएका व्यक्तिको नाममा मात्रै गाउँपालिकाले ३ लाखभन्दा बढी भुक्तानी गरेको छ। मृत्यु भएका व्यक्तिको नाममा गाउँपालिकाले भत्ता वितरण गरेसँगै महालेखाले सो रकमलाई बेरुजु लेखेको छ। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यामल र राफिन्हा चम्किएसँगै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेश
-
साउदी वार्ता : युक्रेन ३० दिने युद्धविरामका लागि अमेरिकी प्रस्ताव मान्न तयार
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म