मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

उमेशले जोडे नेपालका लागि रजत पदक

बुधबार, ०४ साउन २०७९, २२ : ४५
बुधबार, ०४ साउन २०७९

नेपाली शारीरिक सुगठनका खेलाडी उमेश राईले नेपालका लागि रजत पदक जित्न सफल भएका छन् । बुधबार माल्दिभ्समा आयोजना भएको ५४ औं एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिप अन्तरगत ८० केजी तौलमा राईले रजत पदक प्राप्त गरेका हुन् ।

राईले नेपालका लागि रजत पदक जित्न सफल भएको टोली व्यवस्थापक एवं संघका अध्यक्ष दिनेश राजभण्डारीले बताए । ८ खेलाडी सहभागी सो स्पर्धामा भारतका आश्विन सेठ्ठीले स्वर्ण र थाइल्याण्डका पतैवात अलकावातले कास्य पदक प्राप्त गरेका थिए ।

यसअघि फिटनेस फिजिकतर्फ १७० सेमी सम्मको प्रतिस्पर्धामा राजु राईले नेपालका लगि कास्य पदक प्राप्त गरेका थिए । तीन खेलाडी सहभागिता रहेको च्याम्पियनसिपमा महिलातर्फ एथलेटिक फिजिकमा सुजिता मानन्धरले छैटौं स्थान हात पार्न सफल भएको  राजभण्डारीले बताए ।

खेलाडीहरूको मनोबल उच्च राख्नका लागि नेपाल शारीरिक सुगठन तथा फिजिकल फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले रजत पदक प्राप्त खेलाडीलाई १ लाख र कास्य पदक प्राप्त खेलाडीलाई ७५ हजार नगदले सम्मान गर्ने घोषणा गरेको समेत व्यवस्थापक राजभण्डारीले बताए ।

यसैक्रममा नेपालले २०२३ मा आयोजना गर्ने ५५ औं एशियन शारीरिक सुगठन प्रतियोगिताका लागि नेपालका तर्फबाट अध्यक्ष राजेशबाबु श्रेष्ठ र एसियन फेडेरेशनका तर्फबाट दातुक पउल चुवाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
प्रतियोगितामा भारतका एतिनदर सिंहले मि.एसियाको उपाधि जितेका थिए । नेपाली टोली शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको व्यवस्थापक राजभण्डारीले जानकारी गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप