‘रुसले युक्रेनमा आक्रमण नगरेको भए पनि ढिलोचाँडो नेटोले युद्ध गराउँथ्यो ’
इरानका सर्वोच्च नेता आयातोल्ला अली खामेनीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा रुसले युक्रेनमा युद्ध सुरु नगरेको भए ढिलो चाँडो ‘खतरनाक जीव’ नेटोले युद्ध सुरु गर्ने दावी गरे । ‘युद्ध हिंसात्मक र जटिल विषय हो । आम सर्वसाधारण यसको मारमा परेको तथ्यबाट इस्लामिक रिपब्लिक दुःखी छ । तर युक्रेन सम्बन्धमा भने तपाईहरुले अग्रसरता नलिएको भए अर्को पक्षले युद्ध सुरु गर्ने थियो,’ मंगलबार पुटिनसँगको भेटमा खामेनीले भने ।
पश्चिमले सबल र स्वतन्त्र रुसको विरोध गर्ने पनि खामेनीले बताए । ‘नेटोले युद्ध सुरु गरेको अवस्थामा उ युक्रेनमा रोकिने थिएन । उसले क्राइमियाको बाहनामा विस्तारित युद्ध सुरु गर्ने थियो,’ खामेनीले भने । पुटिनले भेटमा युद्धका बीच सर्वसाधरणको ज्यान गएकोबाट आहत भएको बताउँदै रुसी ‘प्रतिक्रिया’ पश्चिमकै कारण भएको आरोप लगाए ।
दुई नेताले भेटमा द्विपक्षीय सम्बन्धको बारेमा चर्चा गर्नुका अतिरिक्त सिरिया, इजरायल र दक्षिण ककेससबारे पनि छलफल गरे । उनीहरुले दुई देशले गर्ने व्यापारमा डलरको प्रयोग घटाउँदै लाने सहमति पनि गरे । मंगलबार नै पुटिनले इरानका राष्ट्रपति इब्राहिम रैईसीलाई पनि भेटे । यी भेटघाटहरू सिरिया विषयमा टर्की, रुस र इरान बीचको त्रिपक्षीय वार्ताअघि भएको थियो ।
टर्कीका राष्ट्रपति रिसेप तयिप एर्दोगानले पनि अलग रुपमा खामेनी र रैसीलाई भेटेका थिए । दुई देशका शीर्ष नेतृत्वबीचको भेटघाटअघि पुटिनका प्रतिनिधिले सोमबार साँझ इरानसँग ४० अर्ब डलरको सम्झौतापत्रमा हस्ताक्षर गरे । यो सम्झौता इरानका ६ तेल कुवाहरुको विकासको लागि खर्च हुनेछ । –अल जजिरा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वामदेव गौतम एकीकृत समाजवादीमा प्रदेश गर्न सकारात्मक
-
नागरिक लगानी कोष र आईएमईबिच सेयर प्रत्याभूति सम्झौता
-
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन, कार्यविभाजन २ दिनपछि
-
विद्या भण्डारीको प्रमुख आतिथ्यमा फेवा संवाद हुने
-
भक्तपुरमा मदिरा सेवन गरेर युवकमाथि कुटपिट, ६ जना पक्राउ
-
एकीकृत समाजवादीले बनायो संविधान संशोधन कार्यदल