उच्च अदालत जनकपुरबाट एक वर्षमा ४९.१५ प्रतिशत मुद्दा फर्स्यौट
उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै एक वर्षमा ४९.१५ प्रतिशत मुद्दाको फर्स्यौट गरेको जनाएको छ । उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश विनोद शर्माले कोरोना महामारी, स्थानीय तह निर्वाचन तथा बेन्च अभावका कारण मुद्दा फर्स्यौटको दरमा केही कमी आएको बताए ।
उनले मुद्दा फर्स्यौटको स्थिति सन्तोषजनक रहेको दाबीसमेत गरे । उनले अदालतमाथिको जनताको आस्थाले गर्दा काम कारवाहीको चाप बढ्नु स्वाभाविक रहे पनि कामको रफ्तार बढाउन गम्भीर रहेको बताए । आर्थिक वर्ष २०७८/०७९ मा उच्च अदालतले कुल ४ हजार ७ सय २४ मुद्दामध्ये २ हजार ३२२ मुद्दा फर्स्यौट गरेको छ । कुल कायम मुद्दामध्ये ३ हजार ५३६ मुद्दा फर्स्यौट गर्ने लक्ष्य लिएको अदालत उक्त लक्ष्य प्राप्त गर्न भने असफल भएको छ ।
अघिल्लो आर्थिक वर्षबाट आर्थिक वर्ष २०७९/०८० मा २ हजार ४०२ वटा मुद्दा सरेर आएको उच्च अदालतको प्रगति विवरणमा उल्लेख छ । उच्च अदालतमा आर्थिक वर्ष २०७७/०७८ बाट २ हजार ४६६ मुद्दा सरेर आएको थियो भने २ हजार २५८ नयाँ मुद्दा दर्ता भएर कुल ४ हजार ७२४ मुद्दा कायम भएको थियो ।
पछिल्ला केही आर्थिक वर्षदेखि मुद्दा फर्स्यौटको दरमा कमी आएको उच्च अदालत जनकपुरको प्रगति विवरणमा उल्लेख छ । उच्च अदालतले आर्थिक वर्ष २०७५÷०७६ मा ७२.९६ प्रतिशत मुद्दा फर्स्यौट गरेको थियो । आर्थिक वर्ष ०७६/०७७ मा ५५.२० प्रतिशत र आर्थिक वर्ष २०७७/०७८ मा ३३.०२ प्रतिशत मुद्दा फर्स्यौट भएको विवरणमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी