अपहृत १ वर्षे छोरीलाई ४८ घण्टापछि अँगालो हाल्न पाउँदा...
मोरङ बुढीगंगा–१ की ममता यादव एक वर्षकी छोरीलाई घरमा परिवारका साथ छाडेर एमबीबीएस अध्ययनका लागि काठमाडौं गएकी थिइन् । एक्कासी उनलाई ससुरा बुवाले छोरी हराएको जानकारी फोनबाट दिएपछि काठमाडौंबाट विमानमा विराटनगरको यात्रा पनि निकै लामो भयो । पलपल छट्पटीमा बिताइन् उनले ।
विराटनगर आइ पुगेपछि पनि उनलाई चैन थिएन । आफ्ना ससुरा बुबासँग कुरा गर्न नपाउँदै बेहोस् बनिन् । उनलाई स्थानीय मेडिकलमा स्लाइन पानी चढाएर राखियो । एकएक सेकेन्ड पोल्थ्यो उनलाई, छोरीको चिन्ताले सताउँथ्यो । ‘बेलाबेलामा उनको होस आउँथ्यो, आफ्नो बच्चाको बारेमा सोधपुछ गर्थिन्, भेटिएको छैन भन्ने सुनेपछि फेरि बेहोस् हुन्थिन्,’ उनको ससुरा बुबा दीपक यादवले भने ।
प्रहरीलाई खबर गरिएको थियो । उजुरी पनि गरियो । निरन्तर प्रशासनले खोजी ग¥यो । मिडियामा समाचार आयो । सबैले सहानुभूति व्यक्त गरे । छरछिमेकले खोजीमा सक्दो सहयोग गरे । जसको परिणाम प्रहरीले बालिका अपहरणमा परेको ४८ घण्टापछि सफलतापूर्वक उद्धार ग¥यो । ‘म यस विषयमा केही बोल्न चाहन्नँ, मैले मेरो बच्चा पाएँ,’ बालिका फेला परेपछि ममताले भनिन् ।
अपहरण भएको झण्डै ४८ घण्टापछि उनले आफ्नो छोरीलाई अँगालोमा हाल्न पाइन्, उनका गहभरि आँशु थिए । निकैबेर बच्चालाई खेलाइन् । हर्षका आँशु झारिन् । उनीमात्रै होइन, बालिकाको बुबा दीपेन यादव, हजुरबुबा दीपक यादव सबैले पालैपालो बालिकालाई बोके, म्वाइ खाए । ‘खै के भन्ने सर ! पीडा र खुसीको सीमानै रहेन,’ बालिकाका हजुरबुबा दीपक यादवले भने ।
प्रेमको नाटक गरेर छोरी अपहरण र फिरौती माग्ने योजना
बालिकालाई अपहरण गर्ने दुई जना विराटनगर–५ की अनु साह र विराटनगर–६ रामपुर बस्ने २७ वर्षका रविन्द्रकुमार साह प्रेमी–प्रेमिका हुन् भने दीपेन र रविन्द्र साथी l दीपेनकै साथी रविन्द्र अपहरणको मुख्य योजनाकार थिए । रविन्द्रले अनुलाई बालिकाका बुबा दीपेनसँग फेसबुकमार्फत चिनजान गर्न लगाए । दीपेनकी श्रीमती ममता एमबीबीएस अध्ययनका लागि काठमाडौंमा थिइन् । दीपेनले पनि प्रेम सम्बन्धलाई प्रगाढ बनाए । कुराकानी भइरह्यो । तर, अनुले भने प्रेमको नाटक गरेकी थिइन् ।
साथी रविन्द्रकै योजनामा आफ्नो छोरी अपहरणको योजना बन्छ भन्ने पनि दीपेनलाई विश्वास थिएन । तर, रविन्द्रकै योजनामा छोरी निकिशा यादवलाई विराटनगर–१२ रोडशेष चोकछेउबाट अपहरण गरिएको थियो । २ वर्षदेखि चिनजानमा रहेकी अनुले योजनाबद्ध रुपमा दीपेन यादवलाई बच्चा हेर्नुछ भन्दै बोलाएकी थिइन् । यादवले पनि आफ्नो १ वर्षे बालिकालाई कारमा लिएर अनुलाई देखाउन रोडशेष ल्याएका थिए । त्यही क्रममा चिया खाने निहुँ बनाएर अनुले दीपेनको आँखा छलेर बच्चा लिएर भागेकी थिइन् । अनुसन्धानका क्रममा अनुले बच्चा लिएर आउँदा रविन्द्र मोटरसाइकल लिएर खडा बसेको खुलेको प्रहरीले जनाएको छ ।
त्यसपछि रविन्द्रको मोटरसाइकलबाट दुहबी, इनरुवा, सप्तरीको राजविराज हुँदै बालिकालाई कुनौली पु¥याए । उक्त स्थानबाट भारतीय गाडी रिजर्भ गरी बालिकालाई दरभंगा पठाइयो । रविन्द्र सोही दिन विराटनगर फर्किए । योजनाकार रविन्द्रले अनुको मोबाइलमार्फत पीडित परिवारलाई फेसबुकमा बालिका हराएको विवरण हटाउन धम्कीसमेत दिएका थिए । भारतको दरभंगामा अनु ती बालिकालाई लिएर दुई दिनदेखि बस्दै आएकी थिइन् । खोजी गर्ने क्रममा बुधबार बिहान ८ बजे नेपाल–भारत बोर्डर एरियाबाट अपहृत बालिकाको सकुशल उद्धार गरिएको र अनुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
यस्तै घटनाका योजनाकार रविन्द्रलाई भने बुढीगंगा–१ स्थित निजले सञ्चालन गरेको श्रीराम टे«डर्सबाटै प्रहरीले पक्राउ गरेको थियो । उनीहरु दुवै जनालाई अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा मन्त्रालयका लागि भवन अभाव, भत्काउन तयारी गरिएको घरमा २ मन्त्रालय
-
प्रधानमन्त्रीले बोलाएको बैठकमा बाबुराम नजाने, सामाजिक सञ्जालबाटै दिए सुझाव
-
मधेस प्रदेशमा डेंगु सङ्क्रमण न्यून, के भन्छन् विज्ञ ?
-
आजको राशिफल : कस्तो रहला आज तपाईंको दिन ?
-
टेलिकमको टावर निर्माण अन्तिम चरणमा, फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता हट्दै
-
प्रधानमन्त्रीले आज चीन भ्रमणका विषयमा छलफल गर्दै