एसईई नतिजा साउन दोस्रो सातामा आउने
बुधबार, ०४ साउन २०७९, १८ : १२
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार अन्तिम साता,साउन पहिलो साता हुँदै अब साउन दोस्रो सातामा मात्रै प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साउन दोस्रो हप्ता मात्रै नतिजा प्रकाशित हुने जनाएको हो । बोर्डले सुरुमा असार मसान्तभित्र नतिजा प्रकाशन गर्ने बताउँदै आएको थियो । त्यसपछि साउन पहिलो साता भाखा सारेको बोर्डले पुन अर्को भाखा सार्दै साउन दोस्रो साता पुर्याएको हो ।
प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले समय सरेको बोर्ड पदाधिकारीको भनाइ छ । ‘कुनै गल्ती नदोहोरियोस् भनेर हामी नतिजा प्रकाशनको तयारी गरिरहेका छौँ, साउन दोस्रो हप्तामा नतिजा प्रकाशित गर्छौ’ बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायमाझीको भनाइ छ ।
गत वैशाख ९ गतेदेखि बाट सञ्चालन भएको एसईईमा करिब ५ लाख विद्यार्थी सहभागी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा
-
सरकार जनताप्रति उत्तरदायी छ : मन्त्री गुरुङ