बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सबैखाले उपचारमा ५० प्रतिशत सहुलियत सुनिश्चित गर्न विद्यार्थीको माग

बुधबार, ०४ साउन २०७९, १७ : ४३
बुधबार, ०४ साउन २०७९

सरकारी  तथा  सामुदायिक शैक्षिक संस्थामा अध्ययन गर्ने विद्यार्थीलाई सबै खालको उपचार सेवा निःशुल्क दिन विद्यार्थीहरुले माग गरेका छन् । अनेरास्ववियुले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङ र स्वास्थ्य राज्य मन्त्री हीराचन्द्र केसीलाई बुधबार मन्त्रालयमा विद्यालय तथा क्याम्पसका विद्यार्थीलाई अस्पतालहरुमा ओपिडी सेवा निशुल्क र सबैखाले उपचारमा ५० प्रतिशत सहुलियत सुनिश्चित गर्न विद्यार्थीले माग गरेका हुन् ।

अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीद्वारा बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘स्वास्थ्य उपचारबाट कुनै पनि विद्यार्थी वञ्चित हुने अवस्था नबनोस् र यही विषयमा पुनः हामीले आन्दोलन गर्न नपरोस्।’ अनेरास्ववियुले स्वास्थ्यको मौलिक हक कार्यान्वयन गर्न समेत माग गरेको  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप