बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

इस्लिङ्टनको दीक्षान्त समारोह सम्पन्न

बुधबार, ०४ साउन २०७९, १७ : १३
बुधबार, ०४ साउन २०७९

राजधानीको कमलपोखरीस्थित इस्लिङ्टन कलेजले सन् २०२० र २०२१ मा पास भएका विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न गरेको छ । समारोहमा सन् २०२० मा स्नातक तह अन्तर्गत specialisations BSc (Hons) Computing, BSc (Hons) Computer Networking and IT Security, and BSc (Hons) Multimedia Technologies का ५ सय २ जना विद्यार्थी सहभागि भएका छन् । 
यस्तै दीक्षान्त समारोहमा सन् २०२० मा  स्नातकोत्तर तह अन्तर्गत एमएस्सी इन्फरमेशन टेक्नोलोजी  विषयका  १९ जना विद्यार्थी पनि दीक्षित भएका छन्  ।

  त्यसैगरी सन् २०२१ मा स्नातक तह अन्तर्गत BSc (Hons) Computing, BSc (Hons) Computer Networking and IT Security, and BSc (Hons) Multimedia Technologies विषयमा अध्ययन पुरा गरेका ७ सय ३२ जना विद्यार्थी दीक्षित भएको कलेजले जनाएको छ ।  

 त्यसैगरी सन् २०२१ शैक्षिक सत्रमा स्नातकोत्तर तह अन्तर्गत एमएस्सी इन्फरमेशन टेक्नोलोजी तह पुरा गरेका ४६ जना विद्यार्थी दीक्षान्त समारोहमा सहभागी थिए । कोभिड संक्रमणको कारण विगत दुई वर्ष दीक्षान्त समारोह हुन सकेको थिएन  । यो वर्षमा सन् २०२० र २०२१ को  दीक्षान्त समारोह एकैसाथ आयोजना गरिएको थियो ।  

 कोभिड संक्रमणको कारण सन् २०२० र २०२१ मा दीक्षान्त समारोह स्थगित भएको थियो ।  समारोहमा सन् २०२० बिजनेश डिग्री बीए (अनर्स) विषयमा स्नातक तह गर्ने ७४ र  सन् २०२१ मा  एमबीएमा तह पुरा गर्ने १ सय १९ विद्यार्थी दिक्षित भएका छन् । 

बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज आइएनजी ग्रुपद्वारा सञ्चालित छ । दीक्षान्त समारोहमा विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरशिप वेन्डी प्लोएसीले विद्यार्थीलाई दिक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए ।  सो अवसरमा बोल्दै उनले विश्वभर सम्बन्धन प्राप्त कलेजमध्य इस्लिङटन कलेज उत्कृष्ट भएको बताए । 
यस्तै कलेजका आइएनजी ग्रुपका अध्यक्ष एवं कार्यकारी निर्देशक शुलभ बुढाथोकीले लन्डन विश्वविद्यालयाको हाई र्‍याङकिङमा परेको कलेजमा उत्तीर्ण विद्यार्थीले नेपाल र विश्वका विभिन्न मुलुकमा उत्कृष्ठ स्थान हासिल गर्न सफल भएको बताए ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप