बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय

भारतीय मुद्राको कारोबार गर्ने एजेन्टले खरिद बिक्री दुबैको सुविधा पाउने

बुधबार, ०४ साउन २०७९, १७ : ०६
बुधबार, ०४ साउन २०७९

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय सम्बन्धि नयाँ व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्था विभागले विदेशी विनिमय इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ संशोधन गर्दै भारती मुद्राको कारोबार गर्ने एजेन्टलाई भारुको खरिद तथा बिक्री दुबैको सुविधा दिएको हो । 

विनियमावलीको परिच्छेद–३ को मनिचेञ्जरको काम, कर्तव्य सम्बन्धि बुँदा १० मा सो सम्बन्धि व्यवस्था गर्दै बैंकले यस्तो सुविधा दिएको हो । परिच्छेद ३ को १० को १ (क) मा भारतीय रुपैयाँको कारोबार गर्न इजाजतपत्र प्राप्त कम्पनीले सो मुद्राको खरिद तथा बिक्री दुबै कारोबार गर्न सक्नेछन् भनिएको छ ।

तर सोही परिच्छेदको ‘घ’मा यस्तो सुविधा उपभोग गर्ने अनुमतिप्राप्त एजेन्टले आफ्नो कारोबारका लागि आवश्यक पर्ने भारतीय रुपैयाँको व्यवस्था आफैले गर्नुपर्ने बताइएको छ । अन्य विदेशी मुद्राको विनिमय कारोबार गर्ने एजेन्टहरुले भने खरिदको सुविधा मात्र पाउने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप