सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

थप ३९१ जनामा सङ्क्रमण पुष्टि, सक्रिय सङ्क्रमित २ हजार नाघ्यो

बुधबार, ०४ साउन २०७९, १६ : ४२
बुधबार, ०४ साउन २०७९

देशभर थप ३९१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ९८१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३४० तथा एन्टिजेन विधिबाट ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।

यही अवधिमा थप ४६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार २७६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप कसैको मृत्यु भएको छैन । त्यस्तै, १ लाख ३२ हजार ५१५ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप