सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुर महागनरको बजेट पारित

बुधबार, ०४ साउन २०७९, १६ : ३९
बुधबार, ०४ साउन २०७९

ललितपुर महानगरपालिकाले ६ अर्ब ३५ करोड ३५ लाख तीन हजार बराबरको बजेट पारित गरेको छ । महानगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि उक्त बजेट पारित गरेको हो ।

महानगरले चालू वर्षका लागि स्थानीय तह निर्वाचन २०७९ पछि नगरसभामा सहजीकरण गर्न र योजना तर्जुमा प्रकृयामा क्षेत्रगत संलग्नताको कानूनी व्यवस्था बमोजिम विभिन्न सात वटा समिति गठन गरेको छ । यस्तै, महानगरपालिकाले अघिल्लो कार्यकालमा पुरा हुन बाँकी रहेका आयोजनालाई निरन्तर दिनेगरी प्राथमिकतामा राखेको छ । 

सांस्कृतिक नगर भएकाले महानगरपालिका भित्रका मूर्त र अमूर्त सम्पदा संरक्षणलाई उच्च प्राथमिकतामा राखिएको छ । यसैगरी, चक्रपथको ललितपुर खण्डमा स्मार्ट सडक बत्ती, साइकल लेन, पोखरी संरक्षण र पुनर्निर्माण लगायतका योजनाहरु प्राथमिकतामा राखेका छ ।

यसका साथै महानगरपालिकाले चालू आर्थिक वर्षमा केही नयाँ र पृथक कार्यक्रमहरु समेत कार्यान्वयनमा ल्याउने बताइएको छ । चालू आर्थिक वर्षका लागि ल्याइएको कूल बजेटमध्ये संघीय सरकारबाट सर्सत अनुदानबाट ३ अर्ब ९६ करोड रुपैयाँ जुटाइएको छ । यस्तै, प्रदेश सरकारबाट ६५ करोड ९४ लाख रुपैयाँ सर्सत अनुदान, २९ करोड ९८ लाख ४ हजार अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट लिइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप