मधेश प्रदेश : जनमत पार्टीका कार्यकर्ताले गरे कृषि मन्त्रालयमा तालाबन्दी
सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले मधेश प्रदेशको कृषि मन्त्रालयमा तालाबन्दी गरेका छन् । मधेश प्रदेश सरकारको कृषि मन्त्रालयमा व्यापक भ्रष्टाचार भएको भन्दै मन्त्रीलाई कारबाही गर्न भन्दै गएका कार्यकर्ताले मन्त्री नभेटिएपछि मन्त्रालयमा तालाबन्दी गरेर फर्केका हुन् ।
जनमत पार्टीको नेतृत्वमा भइरहेको किसान आन्दोलन अन्तर्गत बुधबार जनकपुरधाममा प्रदर्शन गर्दै जनमतका कार्यकर्ताहरूले मन्त्रालयमा तालाबन्दी गरेका हुन् । मन्त्रालयमा मन्त्री नभेटिएपछि मन्त्रालयमा तालाबन्दी गरेर फर्किएको किसान आन्दोलनको कार्यक्रम संयोजक विजय यादवले बताए ।
प्रदेश कृषि मन्त्रालयको किसानका योजनाहरूमा व्यापक भ्रष्टाचार भएको, कृषकहरूलाई दिइएको योजनामा मन्त्री र कर्मचारीलाई कमिसन नदिँदा भुक्तानी रोकेको भन्दै कारबाहीका लागि किसानहरू मन्त्रालयमा पुगेको जनमत पार्टी धनुषाले दाबी गरेको छ ।
मन्त्रालयमा भएको भ्रष्टाचारमाथि छानविन हुनु पर्ने, किसानको रकम भुक्तानी हुनु पर्ने, किसानको समस्या अध्ययनका लागि बनेको समितिको प्रतिवेदन सार्वजनिक हुनुपर्ने माग रहेको जनमत पार्टी धनुष इन्चार्ज बीपी साहले बताए ।
यादवले भने किसानको माग सम्बोधन नभए मन्त्रीहरूलाई जनकारवाही हुनेछ। त्यसका लागि मन्त्री ज्यूहरू तयार रहनु होला । यसैबीच किसान आन्दोलन अन्तरगत जनमत पार्टीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ अशोक राई नेतृत्वको कार्यसमिति
-
रामकुमार र इन्दुकुमारीलाई माओवादीले जिम्मेवारीबाट हटायो
-
अन्तिम क्षणमा किन रोकियो नेपाल र भारतका सर्वोच्च अदालत बिचको एमओयू ?
-
परीक्षा नियन्त्रक जोशीसहित जिम्मेवार अधिकारीहरूलाई कारबाही गर्न सिफारिस
-
जापानी विदेशमन्त्री योको स्वदेश फिर्ता
-
वनमा आगो लगाएको आरोपमा एक जना पक्राउ