पुबुदुद्वारा प्रशिक्षक पदबाट राजीनामाको घोषणा
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दसानायकेले आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन् । पुबुदुले बुधबार पत्रकार सम्मेलनमा व्यक्तिगत कारण देखाउँदै मुख्य प्रशिक्षक पदबाट राजीनामाको घोषणा गरेका हुन् ।
'मेरो आफ्नै व्यक्तिगत कारण छन् जसलाई मैले सम्हाल्नुपर्छ । त्यसैले म यो राजीनामा दिँदा दुखित छु,' पुबुदुले भने । नेपाल क्रिकेट संघ (क्यान) क्यानका क्रिकेट म्यानेजर विनोद दासले पुबुदुले राजीनामा बुझाइसकेको पत्रकार सम्मेलनमा जानकारी दिए ।
नेपाल क्रिकेट संघ (क्यान)ले दसानायकेलाई गत मङ्सिरमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । क्यान बोर्ड बैठकले पूर्व प्रशिक्षक पुबुदुलाई एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।
पुबुदुको प्रशिक्षणमा नेपालले सन् २०११ देखि २०१५ सम्म खेलेको थियो । नेपालले डिभिजन चार र तीनको उपाधि जित्दा पुबुदुले नेपाली टोलीको प्रशिक्षण सम्हालेका थिए । श्रीलंकाका पूर्वखेलाडीसमेत रहिसकेका पुबुदुको प्रशिक्षणमा नेपालले सन् २०१४ मा बंगलादेशमा सम्पन्न टी-२० क्रिकेट विश्वकप खेलेको थियो । टी-२० विश्वकप क्रिकेटमा त्यो नै नेपालको पहिलो सहभागिता थियो । त्यसपछि भने नेपाल टी-२० विश्वकपमा छनोट हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चद्वारा एमाले जग्गा विवादसम्बन्धी रिट खारेज
-
‘दुःखी आत्मा’ को फष्टलुक्समा दयाहाङ, आँचलदेखि आशान्तसम्म
-
बेचन झा र प्रतिक थापालाई थुनामै पठाउन उच्च अदालतको आदेश
-
मस्कले साँच्चै दिन लागेका हुन् २ करोड डलर क्रिप्टो दान ?
-
अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान
-
नेपालमै अन्तःशुल्क स्टिकर छाप्ने परिस्थिति निर्माण गर्छौं : मन्त्री गुरुङ