डलरको तुलनामा पाकिस्तानको रुपैयाँ इतिहासकै कमजोर स्थितिमा
बुधबार, ०४ साउन २०७९, १५ : १७
पाकिस्तानको रुपैयाँ डलरको तुलनामा अहिलेसम्मकै तल्लो स्तरमा पुगेको छ । मंगलबार एक डलर बराबर पाकिस्तानको रुपैयाँ २ सय २२ रुपैयाँ पुगेकोमा बुधबार त्यो अझै खस्केर २ सय २६ को स्थितिमा पुगेको हो ।
स्टेट बैंक अफ पाकिस्तानका अनुसार पाकिस्तानी रुपैयाँको उतारचढाव बजारले तय गर्दछ । विनिमय दर अन्तरगत चालू खाता स्थिति, समाचार र घरेलु अनिश्चितता एक साथ मिलेर मुद्राको उतारचढाव तय गर्दछ ।पाकिस्तानमा मात्र नभएर विश्वभर नै डलरको मूल्य बढ्दो रहेको छ ।
पछिल्लो छ महिनामा अमेरिकी डलर १२ प्रतिशतले बढेर आफ्नो २० वर्षको उच्च स्तरमा पुगेको छ । अमेरिकाले बढ्दो मूल्यवृद्धिलाई ध्यानमा राख्दै फेडरल रिजर्भ सिस्टमले आफ्नो ब्याजदरमा व्यापक परिवर्तन गरेको थियो ।