मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

बसको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु

बुधबार, ०४ साउन २०७९, १५ : १२
बुधबार, ०४ साउन २०७९

कपिलवस्तुमा यात्रुवाहक बसको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका वडा नं ९ चुम्मापुरमा पश्चिमबाट पूर्व आउँदै गरेको बा ५ ख ९३५० नम्बरको  बसले विपरीत दिशाबाट आउँदै गरेको रा ७ प ३५९४ नं को मोटरसाइकललाई ठक्कर दिँदा  मोटर साइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार  मोटरसाइकल चालक दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ९ का ३० वर्षीय सुशील केसीको मृत्यु भएको हो । घटनामा उनकी बहिनी  १७ वर्षकी कुस्मा केसी घाइते भएकी छन् ।  उनलाई उपचारका लागि बुटवल ल्याएको छ  । 
ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय गारुसिंगेको नियन्त्रणमा रहेको  प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप