मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय

काँग्रेस वितरणको मात्रै कुरा गर्दैन, उत्पादनको पनि गर्छ : नैनसिंह महर

बुधबार, ०४ साउन २०७९, १५ : ०२
बुधबार, ०४ साउन २०७९

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विचार, सिद्धान्त र उद्देश्य एउटै भए पनि पछिल्लो समय नेपालको कम्युनिष्ट आन्दोलन विभाजित हुँदै गएको बताएका छन्।

जनसमाजवादी पार्टी नेपालको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्दै नेता महरले सबै कुरा एउटै हुँदा पनि कार्यक्रम मोडेलकाबारेमा केही विमति हुँदा कम्युनिष्ट आन्दोलन विभक्त भएको टिप्पणी गरे।

 ‘काँग्रेस पनि कल्याणकारी राज्य व्यवस्थामा विश्वास गर्छ । तर, हामीमा एउटा फरक छ । हामी वितरणको कुरा गर्दै गर्दा उत्पादनको पनि कुरा गर्छौं । अहिले दुईवटै कुरामा समस्या आइरहेको छ,’ उनले भने । आर्थिक समृद्धिका लागि उत्पादनमुखी राज्यव्यवस्थाको पनि कुरा हुनुपर्ने उनले बताए । उनले नेता जनताको सेवक भएकाले कुर्सीमा पुगिसकेपछि आडम्बरी बन्ने प्रवृतिको अन्त्य हुन जरुरी रहेको बताए । 

मनमोहन अधिकारीहरू र काँग्रेसले मिलेर राजनीतिक परिवर्तनका लागि ऐतिहासिक भूमिका खेलेको महरको भनाइ छ । पुराना नेताहरूले महत्वपूर्ण भूमिका खेलेको भन्दै उनले   जनताले अनुभूत गर्ने गरी अहिले सामाजिक परिवर्तन हुन नसकेको टिप्पणी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप