मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

सैनिक विशेष अदालतलाई सिंहदरबारमा सार्न माग

बुधबार, ०४ साउन २०७९, १४ : ५९
बुधबार, ०४ साउन २०७९

सांसद रेणुका गुरुङले सैनिक विशेष अदालतलाई सैनिक मुख्यालयबाट सिंहदरबार भित्र सार्न माग गरेकी छन् । बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले सैनिक विशेष अदालत सिंहदरबार भित्र सार्न माग गरेकी हुन् । 

‘सेनामा न्यायप्रति विश्वास घटेको छ । सैनिक विशेष अदालतको वेथितिका विषयमा निरन्तर अनुगमनको लागि जोडदार माग गर्दछु । सैनिक विशेष अदालतलाई सिंहदरबार भित्र र सैनिक परिसर बाहिर सार्न माग गर्दछु,’ सांसद गुरुङले भनिन् । 

सैनिक विशेष अदलातको वेथितीको कारण सयौं सैनिकले समयमै न्याय पाउन नसकेको दाबी उनले गरिन् । ‘सैनिक अदालत भनेको सैनिक नेतृत्वको एकल इजलास हो, जसका कतिपय निर्णय सैनिक नेतृत्व र तिनका निहित स्वार्थ बोकेका निश्चित समूहका रिसिवीका कारण अभिप्रेरित हुने गरेको छ,’ उनले भनिन् ।  

सैनिक विशेष अदालत हप्ताको एक दिन मात्र बस्ने र त्यो दिन विभिन्न व्यक्तिहरुको व्यवस्थताका कारण इजलास बस्न नसकेको उनले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप