बाढीले बाजुराका चार घर बगायो, २३ जनाको उद्धार
बुधबार, ०४ साउन २०७९, १४ : ५४
मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण बाजुराको बुढीगंगामा आएको बाढीले चार घर बगाएको छ । बाढीमा फसेका २३ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
प्रहरीका अनुसार बडिमालिका नगरपालिका-२ भौनेरामा आएको बाढीका कारण चार घर बगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय लक्ष्मी पण्डित र चन्द्रराज पण्डितको घर पूर्ण रूपमा बगाएको छ भने अम्मराज पण्डित र तर्कराज पण्डितको आधा बगाएको छ ।
यस्तै, नेपाल प्रहरी, नेपाली सेना सशस्त्र प्रहरीको टोलीले बाढी प्रभावित २३ जनाको उद्धार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)