रूसद्वारा युक्रेनी सैनिकका शव फिर्ता
बुधबार, ०४ साउन २०७९, १४ : ११
युद्धका क्रममा मारिएका ४५ जना युक्रेनी सैनिकको शव रुसले फिर्ता गरेको छ । आफ्ना सैनिकको शव फिर्ती रुससँगको आदानप्रदानको एक हिस्सा भएको युक्रेनी पुनः एकीकरण मन्त्रालयले जनाएको छ ।
रूस–युक्रेन द्वन्द्वमा मारिएका सैनिकको शव आदानप्रदानका लागि युक्रेनका बेपत्ता व्यक्तिका आयुक्त ओलेग काटेन्को र देशको कानुन कार्यान्वयन निकायको संयुक्त प्रयासमा आफ्ना सैनिकको शव फिर्ता ल्याइएको उक्त मन्त्रालयले जनाएको छ ।
गत साता कोटेन्कोले रुससँगको चार महिनाभन्दा लामो द्वन्द्वमा करिब सात हजार युक्रनी सैनिक बेपत्ता भएका बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या