बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

नुपुर शर्मालाई पक्राउ गर्न नमिल्ने भारतीय सर्वोच्च अदालतको फैसला

बुधबार, ०४ साउन २०७९, १४ : ००
बुधबार, ०४ साउन २०७९

पैगम्बर मुहम्मदको बारेमा टिप्पणी गरेको आरोपमा भाजपाकी निलम्बित प्रवक्ता नुपुर शर्मालाई पक्राउ गर्न नमिल्ने सर्वोच्च अदालतले फैसला गरेको छ । उनीविरुद्ध दायर भएका मुद्दाको फैसलामा सर्वोच्चले सो निर्णय गरेको हो । सर्वोच्च अदालतले अगस्ट १० मा नुपुर शर्माको निवेदनमाथि सुनुवाइ गर्ने र त्यसबेलासम्म नयाँ मुद्दा दायर गर्न नपाइने जनाएको छ ।

दिल्ली, महाराष्ट्र, तेलंगाना, पश्चिम बंगाल, कर्नाटक, उत्तर प्रदेश, जम्मु कश्मीर र असमलाई उनको मुद्दामा जवाफ दिन भनिएको छ । नुपुर शर्माका वकिलले सर्वोच्च अदालतमा जुलाई १ गते अदालतको आदेशपछि उनको ज्यानको खतरा बढेको बताएका छन् ।

उनको सुरक्षामा बढ्दो खतरा छ । कुनै पनि मात्राको सुरक्षाले उनलाई मद्दत गर्न सकेन । अहिले वास्तविक खतरा छ । बंगालमा पनि उनीविरुद्ध एफआईआर छ’, नूपुर शर्माका वकिल मनिन्दर सिंहले भने ।
जुलाई १ गतेको सुनुवाइमा सर्वोच्च अदालतले नुपुर शर्माले आफ्नो टिप्पणीबाट देशमा तनाव पैदा गरेकोमा माफी माग्नुपर्ने भनेको थियो । ‘ देशमा के भइरहेको छ त्यसको लागि यी महिला एक्लै जिम्मेवार छन्’ न्यायाधीशहरूले भनेका थिए।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप