शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन रुस र इरान सहमत

बुधबार, ०४ साउन २०७९, १३ : ५१
बुधबार, ०४ साउन २०७९

रुस र इरान द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन तथा पारस्परिक सहयोग अभिवृद्धि गर्न सहमत भएका छन् । दुवै देशका राष्ट्रपतिबीच मङ्गलबार यहाँ भएको भेटवार्तामा त्यस्तो सहमति भएको हो । 

राष्ट्रपति भ्लादिमिर पुटिन र राष्ट्रपति इब्राहिम राइसी बीचको भेटवार्ता व्यापारिक साझेदारी, सुरक्षा, पूर्वाधार निर्माण, आर्थिक सहयोग र ऊर्जामा केन्द्रित रहेको इरानी राष्ट्रपति कार्यालयको वेबसाइटमा उल्लेख छ ।

दुवै राष्ट्रपतिबीच क्षेत्रीय सुरक्षा प्रबर्द्धनका साथै आपसी सहयोग र सम्बन्ध विस्तार, औद्योगिक विकास तथा संयुक्त लगानीबारे पनि विचारविमर्श भएको थियो । सिरियामा आतङ्कवाद विरुद्ध सामूहिक रुपमा गरिएको सङ्घर्षबारे पनि कुराकानी भएको थियो । आगामी दिनमा पनि दुवै नेताले आपसी हितका साथै साझा चासोका विषयमा मिलेर अघि बढ्न सहमति जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप