रुसले युक्रेनको कब्जा गरेको भूभागलाई क्रिमियाजस्तै गाभ्ने योजना बनाइरहेको छ : अमेरिका
रुसले क्रिमियाजस्तै युक्रेनको भूभागलाई आफ्नो देशमा गाभ्ने योजना बनाइरहेको अमेरिकाले आरोप लगाएको छ । गुप्तचरको सूचनालाई उद्धृत गर्दै राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले रुसले युक्रेनको भूभागलाई गाभ्ने प्रक्रिया सुरुसमेत गरिसकेको दाबी गरेका हुन् ।
रुसले कब्जा गरेको युक्रेनको भूभागमा चाँडोमा सेप्टेम्बर महिनासम्ममा रुससँग गाभिने विषयमा ‘जनमत सङ्ग्रह’ गर्ने तयारी गरिएको उनको भनाई छ । रुसले सन् २०१४ मा जनमतसंङ्ग्रह गरेर नै क्रिमियालाई आफ्नोमा गाभेको थियो । त्यसलाई पश्चिमा राष्ट्रहरुले ‘अवैद्य’ बताउँदै आएका छन् ।
‘हामी अमेरिकी जनतालाई स्पष्ट पार्न चाहन्छौँ,’ किर्बीले पत्रकारहरुसँग भने, ‘कोही पनि झुक्किन जरुरी छैन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०१४ दोहोराउन खोजिरहेका छन् ।’ उनले कब्जा गरिएका युक्रेनी सहरमा रुस समर्थित अधिकारीहरुलाई राखेर भविष्यमा जनमतसङ्ग्रहको तयारी भइरहेको बताए । उक्त मतलाई रुसले युक्रेनको सार्वभौम क्षेत्रलाई आफूमा गाभ्न प्रयोग गर्ने उनको भनाई थियो । –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने