सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओलीको चेतावनी : वडा कमिटीमा ३९ जना बस्ने, भोट २४ ले मात्रै हाल्ने ?

बुधबार, ०४ साउन २०७९, १९ : ००
बुधबार, ०४ साउन २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारी बहन गर्न छोडेको भन्दै कार्यकर्ताहरूलाई इमान नगुमाउन चेतावनी दिएका छन् । बुधबार एमाले वागमती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गत निर्वाचन परिणामको एक उदाहरण दिँदै कार्यकर्तामा इमानभन्दा बढि बेइमानी बढेको देखिएको बताए ।

 ‘सामूहिक निर्णय हुन छोडेको छ, व्यक्तिगत जिम्मेवारी बहन हुन छोडेको छ’, ओलीले भने, ‘एउटा पालिकाको एउटा वडामा त्यहाँ वडा कमिटी छ, जनसंगठन सबै छन् । वडा कमिटी ३९ जनाको छ । मताहतमा सदस्य थुप्रै छन् । त्यहाँ पदका लागि मारामार हुन्छ तर वडाको चुनावमा भोट २४ वटा आउँछ ।’

उनले त्यो भन्दा बेइमानी, लज्जास्पद र घटिया केही नहुने भन्दै त्यसरी पार्टी नचल्ने चेतावनी दिए । ‘वडा कमिटीमा ३९ जना बस्ने, भोट २४ जनाले हाल्ने हुन्छ ? विचार गर्नुस् त सुन्दा कस्तो लाग्यो ? यसरी पार्टी चल्दैन । त्यो मति भ्रष्ट र बुद्धिको दुरुपयोग हो’, उनले एमालेको कार्यकर्ता त्यस्तो हुन नहुने बताए । उनले बुर्जुवाहरूले तय गरेका थेउरीहरुमा समेत जवाफदेही र उत्तरदायित्व नबिर्सने भन्दै त्यति पनि कम्युनिस्टहरूमा नदेखिनु चिन्ताको विषय भएको बताए ।

‘आफ्नै पार्टीविरुद्ध प्रचार गर्ने, खुसखुस गर्ने । सबै ठाउँमा मैले देखेको त छैन, तर परिणामले बोलेको छ’, ओलीको भनाइ छ । उनले कार्यकर्ताहरूलाई नीजि हितभन्दा संस्थागत हितमा लाग्नुपर्ने बताए ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप