करार कर्मचारीको म्याद थप नहुँदा बन्द भयो शल्यक्रिया सेवा
दोलखाको पशुपति चौलागाईं स्मृति प्रदेशिक अस्ततालमा कार्यरत करार कर्मचारीको म्याद थप नहुँदा शल्यक्रियासहितको विशेषज्ञ सेवा बन्द भएको छ ।
बागमती प्रदेश सरकार मातहत रहेको प्रदेशस्तरीय सो अस्पतालमा कार्यरत करार कर्मचारीको यो महिनादेखि म्याद थप नहुँदा शल्यक्रियासहित विशेषज्ञ सेवा बन्द भएको अस्पतालका सूचना अधिकारी शान्ति न्यौपानेले जानकारी दिइन् । यही साउन १ गतेदेखि नै शल्यक्रिया सेवा बन्द भएको हो । पचास शय्या क्षमताको प्रदेशस्तरीय अस्पतलामा ७२ कर्मचारी कार्यरत रहेकामा नौ जना मात्रै स्थायी स्वास्थ्यकर्मी छन् । तीमध्ये दुई जना अध्ययन बिदामा छन् । अस्पतालमा सात कर्मचारी मात्र हाल कार्यरत छन् । कार्यरत ६३ करार कर्मचारीको म्याद नवीकरण नगर्न अस्पताललाई बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले पत्राचार गरेको छ ।
अस्पतालले हालसम्म भीमेश्वर नगरपालिकासँगको समन्वयमा अस्पतालबाट प्रदान गरिने सबै सेवा निःशुल्क प्रदान गर्दै आएको थियो । बिरामी कुरुवालाई समेत खाना अस्पतालले नै निःशुल्क उपलब्ध गराउँदै आएको थियो । एकैपटक ६३ कर्मचारीको म्याद थप नहुँदा अस्पतालबाट प्रदान गरिने सेवा प्रभावित बनेको छ । अस्पतालमा दैनिक दुई सयदेखि तीन सयसम्म बिरामी उपचारका लागि आउने गरेको सूचना अधिकारी न्यौपानेले बताइन् ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयमार्फत अस्पतालमा कर्मचारीका विषयमा वैकल्पिक व्यवस्था नगरी एकैपटक सबै हटाउन निर्देशन आएपछि व्यवस्थापनमा समस्या भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर केसीले बताए। साउन १ गतेदेखि सबै करारका कर्मचारीले अस्पताल छाडिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि