शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

भारतमा सवारी चेकिङ गर्न खोज्दा महिला सईको किचेर हत्या

बुधबार, ०४ साउन २०७९, १२ : ०४
बुधबार, ०४ साउन २०७९

भारतको झारखण्डको राजधानी राँचीमा एक महिला प्रहरी अधिकारीलाई मंगलबार राती सवारी चेकिङका बेला किचेर हत्या गरिएको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार सन्ध्या टोपनो सवारीसाधन चेकिङ गरिरहेकी थिइन् र यतिबेला उनले एउटा पिक अप भ्यानलाई रोक्न भनिन् । भ्यानका चालकले रोक्नुको साटो टोपनोमाथि गाडी गुडाइदिए ।

सन्ध्या टोपनो तुपुदाना थानामा ओपीको पदमा तैनाथ थिइन् ।

राँचीको एसएसपीले दिएको जानकारी अनुसार एक अभियुक्तलाई पक्राउ गरिएको छ ।

मंगलबार मात्रै हरियाणाको नुहुमा पनि यस्तै प्रकृतिको एउटा घटना सार्वजनिक भएको थियो । उक्त घटनामा हरियाणा प्रहरीका एक डिएससपी सुरेन्द्र सिंह बिश्नोईलाई एउटा डम्परले किचेर हत्या गरिएको थियो ।

बिश्नोई अवैध उत्खनन रोक्ने प्रयास गरिरहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप