आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव

बुधबार, ०४ साउन २०७९, १३ : ०७
बुधबार, ०४ साउन २०७९

नेपाली काँग्रेसका सभापति तथा संसदीय दलको नेतासमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय दलका पदाधिकारी नियुक्त गरेका छन् । बुधबार उनले काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादवलाई नियुक्त गरेका हुन् ।

यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाण गृहमन्त्री भएपछि सो पद रिक्त थियो । त्यस्तै, सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त गरिएको छ । यसअघि सचेतक रहेकी पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि सो पद रिक्त थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप