सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

टोखा– छहरे सुरुङमार्ग बजेटबाट किन हरायो ? : सांसद खतिवडा

बुधबार, ०४ साउन २०७९, ११ : ५१
बुधबार, ०४ साउन २०७९

टोखा–खहरे सुरुङ मार्गलाई बजेटमा समावेश नगरेको भन्दै सांसदहरुले सरकारसँग प्रश्न गरेका छन । नेकपा एमालेका सांसद नारायणप्रसाद खतिवडाले सो सुरुङ मार्गलाई किन बजेटबाट हटाएको हो ? सोवारे जवाफ दिनका लागि सरकारसँग माग गरेका छन ।

‘केपी ओली सरकारले प्राथमिकताका साथ समावेश गरेको टोखा–खहरे सुरुङ मार्गलाई यस पटकको बजेटमा समावेश गरिएको छैन,’ खतिवडाले प्रतिनिधिसभा बैठकमा भने, ‘के सरकार विकास विरोधी भएको हो ? यसको जवाफ सरकारले दिनुपर्छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप