मिस्टर एण्ड मिस थारुको आवेदन खुला, १० स्थानमा अडिसन हुने
चौथो संस्करणको मिस्टर एण्ड मिस थारु २०२२ को आवेदन खुल्ला गरिएको छ । आयोजक जह इन्टरटेनमेन्ट प्रा.लि.ले एक प्रेस विज्ञप्ती जारी गर्दै नयाँ संस्करणको लागि आवेदन खुला गरिएको जनाएको हो ।
प्रतियोगितामा सहभागि हुन चाहने युवायुवतीहरूले आधिकारिक वेबसाइट रजिष्ट्रेशन डट जहइन्टरटेनमेन्ट डटकममा गई आवेदन दिन सक्नेछन् । खल्ती एप मार्फत पनि आवेदन दिन सकिने जह इन्टरटेनमेन्ट प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश चौधरीले जानकारी दिए । आवेदन शुल्क रु.६०० तोकिएको छ । आयोजकका अनुसार अडिसनको मितिदेखि एक दिन अगाडिसम्म फारम भर्न सकिने छ ।
मिस्टर एण्ड मिस थारुको आवेदन खुल्ला गरिएसँगै अडिसनको मिति समेत तय गरिएको छ । विगतजस्तै यसपटक पनि देशका मुख्य १० शहरहरुमा अडिसन हुँदैछ । अडिसन यही साउन २१ गतेदेखि सुरु हुँदैछ । पहिलो दिन सुनसरीको झुम्का, पर्साको बीरगंज, चितवनको भरतपुर र बाँकेको नेपालगञ्जमा अडिसन हुने इभेन्ट डिरेक्टर जयस चौधरीले जानकारी दिए ।
यस्तै दोस्रो अडिसन साउन २४ गते मोरङको विराटनगर, सिरहाको लहान, कैलालीको टीकापुरमा एकैसाथ हुने छ । तेस्रो तथा अन्तिम अडिसन साउन २८ गते काठमाडौं, दाङ र बुटवलमा एक साथ हुने चौधरीले जानकारी दिए ।
अडिसनबाट छनौट भएकाहरुलाई भदौमा अभिमुखीकरणमा सहभागि गराइने छ । त्यसलगत्तै काठमाडौं बाहिर ग्राण्ड फिनाले गर्ने आयोजकको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन