सडक दुर्घटना रोक्न सरकारलाई निर्देशन दिन सांसद पन्तको माग
नेपाली काँग्रेसकी सांसद डा.डिला संग्रौला पन्तले सडक दुर्घटना बढेको भन्दै त्यसको न्यूनीकरणका लागि सरकारलाई निर्देशन दिन माग गरेकी छिन् । बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सडक दुर्घटनामा घाइते र अपङग हुनेको संख्या बढिरहेको उल्लेख गरिन् ।
उनले वर्षायाममा दुर्घटना बढेर दशै तिहारको बेला उच्च बिन्दुमा पुग्ने बताइन् । जनस्वास्थ्यको सुरक्षाका लागि राज्यका कुन निकायको के जिम्मेवारी हो भन्दै प्रश्न गरिन् । दुर्घटना रोक्नका लागि प्रदेशमा कुन निकायले हेर्ने हो ? त्यसको प्राविधिक क्षमता कस्तो छ, प्रदेशमा दुर्घटना रोक्न कुन कुन निकाय जिम्मेवार छन् भन्दै प्रश्न गरिन् ।
उनले ती कार्यालयमा प्राविधिक जनशक्ति, दुर्घटना रोकथामका लागि आवश्यक क्षमता के कस्तो छ ? यी प्रश्नहरुको उत्तर आउने गरी र दशै तिहारसम्म दुर्घटना कम हुनेगरी काम गर्नका लागि सरकारलाई निर्देशन दिन सभामुखलाई आग्रह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस