बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

धनगढीमा आपतकालीन केन्द्रको सुरुवात

बुधबार, ०४ साउन २०७९, ११ : १५
बुधबार, ०४ साउन २०७९

कैलालीको धनगढी उपमहानगरपालिकामा आपतकालीन कार्य सञ्चालन केन्द्रको सुरुवात भएको छ । केन्द्रको  धनगढी उप–महानगरपालिकाका नगर प्रमुख गोपाल हमाल र युरोपेली संघका राजदूत नोना डिप्रेले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

नेपालका लागि युरोपेली संघका राजदूत डिप्रेले भूकम्पीय जोखिम र बढ्दो शहरीकरणका कारण हुने गरेको आगलागीका घटनाका साथै बाढीजन्य विपद् व्यवस्थापन र न्यूनीकरणमा उक्त केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने कुरामा विश्वास लिएकी छन् ।

विपद् पूर्वतयारी, प्रतिकार्य तथा विपद् पश्चातको व्यवस्थापनमा पनि यो केन्द्रले प्रमुख भूमिका खेल्ने उनको भनाई थियो। विपदमा रहेका मानिसहरूको जीवन यापन सहजता ल्याई विपद्को अझ राम्रोसँग सामना गर्ने क्षमता वृद्धि गरी नेपाली समुदायको उत्थानशील क्षमतालाई सुदृढ बनाउन युरोपेली संघ प्रतिवद्ध रहेको बताइन् । 

सोहि कार्यक्रममा यूएनडिपीले कार्यान्वयन गरिरहेको शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले सो केन्द्रलाई ड्रोन प्रदान गरेको छ। यूएनडिपीका सहायक आवासीय प्रतिनिधी विजय सिंहले उक्त ड्रोन नगर प्रमुखलाई हस्तान्तरण गरेका थिए । सो ड्रोनलाई नगर प्रमुख हमालले आफै परीक्षण गरि उडाएका थिए । साथै केन्द्रको स्थापनामा यूएनडिपीले प्रदान गरेका थप सामग्रीहरूको सूची पनि नगर प्रमुखलाई हस्तान्तरण गरिएको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप