शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुविधा सम्पन्न शौचालय प्रयोग गर्न पाउँदा विद्यार्थी खुसी

बुधबार, ०४ साउन २०७९, ११ : ०५
बुधबार, ०४ साउन २०७९

विद्यालयमा सुविधा सम्पन्न शौचालय निर्माण भएपछि जुम्लाका विद्यार्थीहरु खुसी भएका छन् । शारदा आधारभूत विद्यालय सिंजा ४ र नवदुर्गा आधारभूत विद्यालय कनकासुन्दरी ३ जुम्लामा सुविधा सम्पन्न शौचालय निर्माण भई नियमित प्रयोगमा आएपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरु खुसी भएका हुन् ।

वर्षौंदेखि शौचालय भएपनि पानी नहुने र छात्र तथा छात्राका लागि छुट्टा छुट्टै शौचालय नहुँदा विद्यार्थीहरुले हैरानी खेप्नु परेको थियो । विद्यार्थीहरुले भोग्दै आएको समस्यालाई मध्यनजर गरि महिला, पुरुष र अपांग मैत्री शौचालय निर्माण सम्पन्न भएपछि विद्यार्थी, शिक्षक र अविभावकलाई राहत मिलेको छ ।

प्लान इन्टरनेशनल नेपाल र पेस नेपाल जुम्लाको साझेदारीमा सञ्चालित खानेपानी, सरसफाई स्वच्छता तथा उत्थानशील परियोजनाको १३ लाख, ७२ हजारमा शारदा आधारभूत विद्यालयमा र १३ लाख, ६४ हजार, ७ सय, ९७ रुपैयाँको लागतमा नवदुर्गा आधारभूत विद्यालयमा शौचालय निर्माण सम्पन्न भएको पेस नेपाल जुम्लाका परियोजना प्रमुख हेमराज भट्टले जनाए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप